
महानायक राजेश हमाल सरकारले गरेको लकडाउनको सदुपयोग गर्दै ‘होम क्वारेन्टाइन’मा श्रीमतीसँग रमाइलो गर्दै बसेका छन्।
नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् राजेश हमाल चलचित्र युगदेखि युगसम्म बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले हालसम्म धेरै हिट चलचित्र खेलिसकेका छन् । यसैक्रममा सोमबार अभिनेता राजेश हमालले आफ्नो फेसबुकमा एक भिडियो शेयर गरेका छन् । उनले विश्वभर फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले गरेको लकडाउनको सदुपयोग गरेका छन् ।
होम क्वारेन्टाइनमा रहेका हमालले सामाजिक सञ्जालमा आफु श्रीमती मधु भट्टराईसँग नाचेको भिडियो शेयर गरेका हुन् । भिडियोमा उनले श्रीमतीसँग रमाइलो गरेको देखिन्छ ।
उनले समाजिक सञ्जाल फेसबुकमार्फत फोटो र भिडियो अपलोड गरेका छन् जसमा उनी श्रीमती मधु भट्टराईसँग नाचेको देखिन्छ। यसका साथै उनले श्रीमती मधुको तस्बिरहरु पनि राखेका छन्।
यसका साथै उनले श्रीमतीमधुको तस्बिर राख्दै भनेका छन्, ‘ तिमी मेरो हिरोइन, म तिम्रो राजेश हमाल। हाहा !!’