
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमन अन्त्यका लागि विभिन्न दलबीचको एकता आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले प्रतिगमन शक्ति अहिले पनि सक्रिय रहेकोले यसको अन्त्यका लागि सबै दलहरूबीचको एकता आवश्यक रहेको बताउनुभएको हो ।
दलहरूबीच मतभेद रहे पनि प्रतिगमन अन्त्यका लागि दलहरूबीचको एकता आवश्यक रहेको उहाँको भनाइ थियो ।
राष्ट्रियताका लागि दलहरू एकजुट हुनुपर्नेमा उहाँको जोड छ । राष्ट्रियताको रक्षा र एमसीसीलगायतका विषयमा माओवादीले उचित निर्णय लिने अपेक्षा गरेको उहाँले बताउनुभयो ।