
फाइल फोटो
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएकाे राजनीतिक प्रतिवेदनमाथि छलफल र निष्कर्ष पेश गर्ने क्रम जारी छ ।
बिहीवार पनि जारी रहेकाे समूहगत छलफलका क्रममा नेता लेखनाथ न्यौपानेले दाहालकाे प्रतिवेदनमाथि फरक मत पेश गर्नुभएकाे छ ।
काठमाडौंमा जारी माओवादी महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलका क्रममा नेता न्यौपानले दाहालकाे ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको बताउनुभएकाे छ ।
नेता न्यौपानेले उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा फरक मत राख्नुभएकाे हाे । दस्तावेजमा आधारभूत विषयहरु अपुग रहेको र महाधिवेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको न्याैपानेकाे फरक मतमा उल्लेख छ ।