
अराजक गतिविधिमा संलग्न डा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले सप्तरीका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
हातहातमा लाठी लिएर बजार तथा यातायात बन्द गर्न उत्रिएका जनमत पार्टीका १४ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
जनमत पार्टीका जिल्ला संयोजक किसान मण्डल, सचिव थानेश्वर साह, कोषाध्यक्ष शम्भुकुमार साह, हनुमाननगर कंकालिनी–१ का संयोजक सुरेन्द्र मण्डल, पंकजकुमार सिन्हा, रामकृष्ण मण्डल, प्रदीपकुमार मण्डल, चन्देश्वर मण्डल, सुशीलाकुमारी यादव, रूपेशकुमार यादव, योगेन्द्र साहसहित १४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।