
विभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरी रकम मागेर अनलाइन ठगी गरेको अभियोगमा भक्तपुरकाे गठ्ठाघर बस्ने मोरङकाे पथरी शनिश्वरे नगरपालिका-१० मंगलबारे घर भएका १८ वर्षीय किरण पाठकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सर्वसाधारण लगायत उच्चपदस्थ व्यक्तिहरुका फेसबुक आइडी ह्याक गरी आइडीको दुरुपयोग गरी आइडीमा भएका साथीहरुसँग विभिन्न बहाना बनाई विश्वास दिलाई विभिन्न खातामा पैसा पठाउन लगाई अनलाइन ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।