
फाइल फोटो
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अधिकार बाँडफाँटको विषयमा केन्द्र र प्रदेश सरकारबीच विवाद रहेको बताउनुभएको छ ।
पोखरामा आज आयोजित एक कार्यक्रममा उहाँले केन्द्र र प्रदेश सरकारले प्रयोग गर्ने अधिकारका सम्बन्धमा विवाद रहेको बताउनुभएको हो ।
मुख्यमन्त्री पोखरेलले साझा र एकल अधिकारको सम्बन्धमा विवाद देखिने गरेकाले अधिकार परिमार्जन गरेर अगाडी बढ्नुपर्ने धारणा राख्नु भयो। प्रदेशलाई अधिकार चाहिएकाले केन्द्रसँग द्वन्द्व रहेको उहाँको भनाइ छ।
मुख्यमन्त्री पोखरेलले प्रदेश र स्थानीय तहप्रति केन्द्र अनुदार भएको टिप्पणी समेत गर्नुभयो ।