
काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयमा लकडाउनको अवधिमा सवारी सञ्चालन पास लिन आउनेको दिनहुँ भीड लाग्ने गरेको छ ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलिने जोखिम न्यूनिकरणका लागि सामाजिक दूरी कायम गर्नु पर्ने, भिडभाड गर्न नहुने र घरमै बस्नु पर्ने बताएको छ। तर लकडाउनको दिन पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अनुमति पत्र लिन पुग्ने भिड ठूलै छ।
अत्यावश्यक सेवा बाहेकलाई सवारी साधान सञ्चालनमा रोक लगाइएको छ देशभर। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयास स्वरुप नेपालमा अहिले १५ दिन लामो लकडाउन लागू भएको छ।
लकडाउनका बेला अत्यावश्यक सेवा प्रदायक बाहेकलाई सवारी साधान चलाउन वा हिँडडुल गर्न रोक लगाइएको छ ।
अत्यावश्यक सेवा प्रदायक तथा अप्ठ्यारो परेको अवस्थामा सवारी साधन सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति पत्र लिनपाइने व्यवस्था छ ।
तर अत्यावश्यक सेवाका लागि सवारी साधान सञ्चालन अनुमति पत्र दिने भनिए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँसहित उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयमा अनुमति पत्र लिन जानेको ठूलै भिड छ ।
अनुमति पत्र लिन आउनेहरु सबै अत्यावश्यक सेवा प्रदायक नै हुन् भन्नेमा शंका रहेको प्रशासनका अधिकारीले नै बताएका छन् ।भीडभाडबाट कोरोना संक्रमणको जोखिम बढ्नुका साथै पासको दुरुपयोग समेत गरिएको कार्यालयको दाबी छ। अत्यावश्यक सेवा तथा सामग्रीहरुको सहज आवागमन तथा पासको दुरुपयोग रोक्नको लागि नयाँ व्यवस्था गरेको छ।
त्यहाँ पुगेकाहरुले सामाजिक दूरी कायम गरेका छैनन् । त्यस्तै ललितपुर जिल्ला प्रशासन कार्यालयमा पनि वाहिरी जिल्ला जानकालागी सवारी पास लिनेको भीड।
ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकालले अत्यावश्यक सवारी र हिजो नै पास लिएका सवारीलाई मात्रै सडकमा गुड्न दिएको बताएका छन्।
लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ, बबरमहलमा विभिन्न ठाउँमा जानका लागि सवारी साधनको पास लिनेको भीड।




ललितपुर जिल्ला प्रशासन कार्यालयमा लकडाउनको अवधिमा सवारी पास लिन आउनेको भीड।


