
देशभर कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । विश्वभर नै कोरोनाको अर्को लहर चलिरहँदा नेपालमा पनि संक्रमितको संख्या दैनिक बढिरहेको हो ।
देशभरका प्रयोगशालामा आज ११ हजार ४ सय २९ नमूना परीक्षण गर्दा १ हजार ४ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । यो संक्रमणदर झण्डै १३ प्रतिशत हो ।
२ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणदर बढ्न थालेसँगै सक्रिय संक्रमित पनि बढेका छन् ।
हाल देशभर ७ हजार ८ सय ५५ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमित थप २ जनाको निधन भएको छ ।
आज देशभर थप २ लाख १० हजार ५ सय ९४ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ ।