
काभ्रेको पनौती ५,चौकोत अवस्थित श्री श्वेत गणेश आधारभुत विधालयमा न्यानो पोशाक वितरण गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव युवा नेता गणेश लामाको मुख्य आतिथितामा एक कार्यक्रमका बीच न्यानो पोशाक वितरण गरिएको हो ।
पोशाक वितरण कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता रोशन पाण्डेको उपस्थितिमा स्थानिय समाजसेवी तथा शिक्षाप्रेमि बिनोद खत्रीको सहयोगमा विधालयमा न्यानो पोशाक वितरण कार्यक्रम सम्पन्न गरिएको हो।
नेता लामाले भविश्यमा पनि यस विधालयलाई निरन्तर साथ सहयोग गरि राखने प्रण गरेका थिए।






