
सरकारले आज (मंगलवार) देखि माघ १५ गतेसम्मका लागि माध्यमिक तहसम्मका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि शिक्षा मन्त्रालयले आजदेखि माघ १५ गतेसम्मका लागिमाघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
आइतवार बसेको सिसिएमसीको बैठकले माघ १५ सम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
सिसिएमसीको सिफारिसपछि शिक्षा मन्त्रालयको आज बसेको सचिवस्तरीय बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बैठकपछि आजै विज्ञप्ति जारी गरेर मन्त्रालयले भोलिबाटै विद्यालय बन्द हुने जानकारी गराएको छ ।
मन्त्रालयले विद्यार्थीहरुका लागि कोरोनाविरुद्धको खोप अभियान हाल सञ्चालनमा रहेकोले तोकिएको खोपकेन्द्रमा गएर खोप लगाउन पनि आग्रह गरेको छ ।
यस्तै विदा अवधिमा वैकल्पिक सिकाइ अर्थात कक्षा पठनपाठनको आवश्यक व्यवस्था मिलाउन विद्यालयहरुलाई निर्देशन समेत दिएको छ ।
