
पछिल्लो २४ घन्टामा नेपालमा तीन हजार ७५ जना कोरोना संक्रमित थपिएको छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार ७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।
यस्तै, गरी २४ घन्टामा दुई सय ७८ जना संक्रमण मुक्त भएका छन् भने काठमाडौँ जिल्लामा मात्रै एक हजार एक सय २८ संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा कोभिड संक्रमणकै कारण दुई जनाको निधन भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले जानकारी दिएकी छिन्।