
रियल मड्रिड स्पेनिस सुपर कप फूटबलको फाइनलमा प्रवेश गरेको छ ।
गएराति चिरप्रतिद्बन्द्बी बार्सिलोनामाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै रियलले फाइनलमा स्थान पक्का पारेको हो । फेडरिको भाल्भर्डेले दोस्रो हाफको इञ्जुरी समयमा गरेको गोल नै रियलको जितमा निर्णायक रह्यो ।
साउदी अरेबियास्थित किंग फवाद रंगशालामा रियलले २५ औं मिनेटमा भिनियस जुनियरको गोलमार्फत अग्रता बनायो। बार्सिलोनाका लागि लुक डि जोङले ४१ औं मिनेटमा गोल गर्दै खेल बराबरी गोल गरे।
७२ औं मिनेटमा करिम बेञ्जिमाले रियललाई अग्रता दिलाएपनि ८३ औं मिनेटमा बार्साका अन्सु फातिले गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयको खेल बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
इञ्जुरी समयको ९८ औं मिनेटमा फेडेरिको ले रियलका लागि गोल गरे । अब दोस्रो सेमिफाइनलमा एट्लेटिको मड्रिड र एथ्लेटिबो बिलबाओबीच प्रतिस्पर्धा हुनेछ ।