
ओमिक्रोन भेरियन्टको तेस्रो लहर जोखिमका बीच रिलिज हुन लागेका फिल्म ‘चपली हाइट ३’को एड्भान्स बुकिङ आज बिहानदेखि खुलेको छ ।
फिल्मले क्यूएफएक्स सहितका मल्टिप्लेक्समा राम्रो सो प्राप्त गरेपनि प्रि-बुकिङको ट्रेन्ड भने न्यून छ । स्पष्ट रुपमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएपछि ह्वात्तै बढेको संक्रमणको असर बक्सअफिसमा देखिएको छ ।
सरकारले माघ ७ गतेदेखि ५० प्रतिशत अकुपेन्सीमा हल खुलाउन र खोप कार्ड देखाएर मात्र हल छिर्न अनुमति दिएको छ ।
फिल्म चपली हाइटलाई शुक्रबार क्यूएफएक्सले १३ सो दिएको छ ।
यस्तै बिग मूभिजले चपली हाइटलाई पाँच सो दिएको छ । वान सिनेमाज् र मिड टाउन मल्टिप्लेक्सले बुकिङ खोलेका छैनन् ।
शुक्रबारबाट प्रदर्शनमा आउने तयारी भएका नयाँ फिल्महरुको व्यवसायिक भविष्य चाहिँ यसैसाता पुनः बस्ने काठमाडौं जिल्ला कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीएमसी)को बैठकमा निर्भर हुनेछ ।