
काराबाओ कप फूटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुल र आर्सनलले बराबरी खेलेका छन् ।
सेमिफाइनलको पहिलो लेगमा लिभरपुल र आर्सनलबीचको खेल गोलरहित बराबरीमा सकिएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले दश खेलाडीमा सिमित आर्सनललाई पराजित गर्न सकेन ।
खेलको २४औं मिनेटमै आर्सनलका ग्रानिट शाकाले रेड कार्ड पाएका थिए । दोस्रो लेग आर्सनलको मैदान इमिरेट्स रंगशालामा यही २० तारिखमा हुनेछ।
यसअघि टोटेनह्याममाथि समग्रमा ३० को नतिजासहित चेल्सीले फाइनलमा स्थान सुरक्षित बनाइसकेको छ ।