
फाइल फोटो
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरवारमा आज बसेको समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाले अस्थायी रुपमा खानेपानी काठमाडौं उपत्यकामा ल्याउन बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिले मेलम्ची खानेपानी आयोजना भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण रहेकाले काठमाडौं उपत्यकामा पानीको माग धान्न नसक्ने देखिएको भन्दै त्यसको विकल्प खोज्न खानेपानी मन्त्रालयलाई भनेको छ ।