
आजदेखि कोभिड रोकथाम तथा नियन्त्रण र सार्वजनिक क्षेत्रमा अग्रपंक्तिमा खटिनेहरूलाई कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइँदैछ ।
बुस्टर मात्रा खोप पाउनेहरूमा स्वास्थ्यकर्मी तथा सबै कर्मचारी रहेका छन् । यस्तै सबै सुरक्षाकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, विमानस्थलमा खटिने कर्मचारीले समेत थप मात्रा पाउने छन् ।
सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारीलाई समेत बुस्टर डोज दिइनेछ । यस अन्तर्गत सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा संचारकर्मी, सार्वजनिक यातायातका चालक तथा सहचालक लगायतका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुस्टर मात्रा खोप पाउनेहरूमा स्वास्थ्यकर्मी तथा सबै कर्मचारी रहेका छन् । यस्तै सबै सुरक्षाकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, विमानस्थलमा खटिने कर्मचारीले समेत थप मात्रा पाउने छन् ।
सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारीलाई समेत बुस्टर डोज दिइने छ । यस अन्तर्गत सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा संचारकर्मी, सार्वजनिक यातायातका चालक तथा सहचालक लगायतका रहेको मन्त्रालयले जनाएको छ ।
खोप हाल सञ्चालित र थपिने खोप केन्द्रहरूबाट दिइने छ । ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक र दिर्धरोगीहरूका लागि भने माघ १४ गतेदेखि बुस्टर डोज लगाउन सुरु गरिने मन्त्रालयले जनाएको छ ।