
नेदरल्यान्डका नागरिक बोकेर मलेसिया एयरलाइन्सको जहाज उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेदरल्यान्डका १२२ जना यात्रु बोकेर जहाज युरोपका लागि उडेको हो ।
लकडाउन लम्बिएपछि नेपालबाट युरोपका धेरै मुलुकले यात्रु उडाइरहेका छन् । यसअघि फ्रान्स, जर्मीनी लगायतका युरोपेली देशसहित अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकले पनि आफ्ना नागरिकलाई विमान चार्टर गरेर फिर्ता लगेका थिए ।
विमानस्थल कार्यालयका अनुसार बिहीवार ब्यापारीहरूले ल्याउन लागेको मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन उडेको छ । बिहीवार नै साझ नेपाल एयरलाइन्सको अस्ट्रेलिया गएको जहाज काठमाडौं फर्किने छ ।