
नेपालमा अहिले १५ दिन लामो लकडाउन लागू भएको छ। सरकारले चैत २५ गते सम्म गरेको लकडाउनले वाक्क भएका युवाहरु सामाजिक सञ्जालमा भाइरल हुन अनेक गतिविधि गरिरहेका छन् ।
केहि दिन अगाडी आफ्ना साथिभाइको पुरानो फोटोमा कमेन्ट गरेर दिन बिताए भने आज एक युवक (कृपेश ढुङगाना) ले बलिवूड हस्ती शक्ती कपुर को अर्धनग्न तस्विर राख्दै, १२ घण्टा मा ५० हजार कम्नेट आए शक्ती कपुरले झैं पोज दिने बताएका छन ।

उनको उक्त पोस्ट भाइरल भएर पोस्ट गरेको एक घण्टामानै ५० हजार कमेन्ट आइसकेको छ ।

दिउँसो १:११ बजे हामी ले समाचार तयार गर्न शुरु गर्दा ४५ हजार कमेन्ट थियो भने दिउँसो १:२३ बज्दा ५० हजार कमेन्ट पुगिसकेको छ । कमेन्ट आउने क्रम अझै रोकिएको छैन ।

रमाइलो को लागी गरिने यस्ता हरकतले समाजमा पर्ने असरको बारेमा युवाहरु आफै सचेत रहनुपर्ने हुन्छ । एक घन्टा मा ५० हजार कमेन्ट आउनुले युवा-पुस्ता कती फुर्सदिला बनेका छन भन्ने पुष्टी गर्छ ।