
नेकपा एमालेले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको छ ।
साथै, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न एमालेले निर्देशन दिएको छ ।
