९ बैशाख २०८२, मंगलवार

साउथका सुपरस्टार धनुष र ऐश्वर्याको सम्बन्ध विच्छेद

1015202 fotojet 2022 01 17t232444.582

साउथका स्टार धनुष र सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तले विवाह गरेको १८ वर्षपछि अलग हुने निर्णय गरेका छन् । यो कुराको जानकारी यी जोडीले सामाजिक सञ्जालमार्फत दिएका हुन्।

धनुष र ऐश्वर्यालाई साउथको पावर जोडी मानिन्थ्यो । यो खबर बाहिर आएपछि दुबैका फ्यानहरु स्तब्ध छन् र सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

आफूहरु सहमतिमा नै अलग भएको भन्दै धनुषले आफूहरुको गोपनीयतालाई सम्मान गर्न सबैसँग आग्रह समेत गरेका छन् ।

धनुषले १८ वर्षसम्म आफूहरुको जीवन सुन्दर तरिकाले अगाडि बढेको बताएका छन् । तर, अहिले आएर आफ्नै व्यक्तिगत जीवन बुझ्न आवश्यक रहेको ठानेर अलग हुने निर्णय गरेको धनुषले उल्लेख गरेका छन् ।

साउथका साथै बलिउड फिल्ममा पनि धनुष व्यस्त छन् । 

FJUh89PacAAWR8Z

    सम्बन्धित समाचार...