
आज देशभर १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
१७ हजार ८ सय ७२ नमूना पिसिआर परिक्षण गर्दा ८ हजार ७ सय ३० र ४ हजार ९ सय ५६ नमूना एन्टीजेन परिक्षण गर्दा १ हजार ५ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज काठमाडौँमा ४ हजार ४ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० जना संक्रमित थपिएका छन् ।
यस्तै आज ५ सय ६२ जना संक्रमित निको भएका छन् भने संक्रमित एकको निधन भएको छ ।
हाल देशभर ३९ हजार ४४ जना सक्रिय संक्रमित रहेका छन् ।
आज देशभर २ लाख १३ हजार १ सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।