
बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैटौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन्।यस सँगै संक्रमित संख्या छ पुगेको छ भने हालसम्म १,१८४ जना को संक्रमण परिक्षण भैइसकेको छ ।
‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा एउटा पोजेटिभ आएको छ’,उनले भने,‘ यो छैटौं केस हो, यो पनि क्युआर ६५२ फ्लाइट जुन चैत्र ४ गते दोहाबाट काठमाडौं आएको थियो’ ।
कतार एअरबाट आएका दुई युवतीमा यसअघि नै संक्रमण पुष्टि भएर उपचाररत छन्।