
सिरी ए क्लब युभेन्ट्सले कोपा इटालीया कपमा सहज जित पाएको छ ।
मंगलबार राति टुरिनस्थित घरेलु मैदान एलिएन्ज मैदानमा भएको खेलमा युभेन्ट्सले साम्पोडियालाई ४–१ अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
घरेलु मैदानमा युभेन्ट्सको जितमा जुआन कुआड्राडो, डानियल रुगानी, पाउलो डिबला र अल्भारो मोरटाले १–१ गोल गरे । भ्रमणकारी टोलीका लागि आन्द्रेआ कोन्टीले सान्त्वना गोल गरे ।
खेलको २५औँ मिनेटमा जुआनले सुरुवाती अग्रता दिलाए । रुगानीले ५२औँ मिनेटमा अग्रता २–० को बनाए । तर कोन्टीले गोल गर्दै दूरी २–१ मा झारे । तर, स्टार खेलाडी डिबलाले ६७औँ मिनेटमा गोल गर्दै सहज जिततर्फ डोर्याए । पाएको पेनाल्टीलाई मोरटाले सदुपयोग गर्दै ७७औँ मिनेटमा चौथो गोल गरे ।