
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उपत्यकामा बुधबार २४ घण्टामा ६ हजार बढीमा संक्रमण पुष्टि भएको हो ।
सहप्रवक्ता अधिकारीका अनुसार काठमाडौंमा चार हजार ६६६, ललितपुरमा १ हजार १९ र ललितपुरमा पाँच सय ७८ गरेर २४ घण्टामा ६ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।