
फाइल फोटो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखमा संसदीय चुनाव गर्न प्रस्ताव अघि सारेका छन् ।
सत्ता गठबन्धनको बैठकमा प्रचण्डले आगामी वैशाखमा संसदीय निर्वाचन गर्ने प्रस्ताव अघि सारेका हुन् ।
नेकपा एमालेले सदन निरन्तर अवरोध गरेको र एमालेको उद्देश्य नै यो संसदलाई सफल हुन नदिने भएकाले वैशाखमा निर्वाचन गरेर अघि बढ्ने प्रस्ताव प्रचण्डको थियो ।
आगामी वर्ष भने संसदीय निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था छ । संसद गतिरोध हट्ने स्थिति नदेखेपछि प्रचण्डले नयाँ जनादेशमा जाने निधोका साथ यस्तो प्रस्ताव गरेका हुन् ।
प्रचण्डले संसदीय निर्वाचन पहिला गरेर मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् । उनको यो प्रस्तावमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले अस्वीकार गरिसकेका छैनन् ।