
फाइल फोटो
प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ ।
प्रधानमन्त्री देउवाले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेको उहाँको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाले आफू नेतृत्वको सरकारको ६ महिने कार्यकाल पूरा भएको सन्दर्भमा सम्बोधन गर्न लाग्नुभएको हो ।
सम्बोधनमा उहाँले कोरोना भाइरसको बढ्दो संक्रमण र नियन्त्रणका लागि सरकारले गरेको प्रयासका सन्दर्भमा समेत जानकारी गराउनुहुने सचिवालयले जनाएको छ ।
पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उहाँ गत असारमा प्रधानमन्त्री बन्नुभएको थियो ।