
जर्मनीको जलसेनाका प्रमुख काय एचिम स्चोन्बाचले पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले युक्रेनमा रुसले सैन्य हस्तक्षेपको योजना बनाएको भन्नु अनावश्यक गफ रहेको प्रतिक्रिया दिनुभएको थियो । उहाँले यो प्रतिक्रियाको आलोचना भएपछि पदबाट राजीनामा दिनुभएको बीबीसीले लेखेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मान चाहेको र रुसले युक्रेनमाथि आक्रमण गर्नु अनावश्यक गफ मात्रै रहेको कायको भनाइ थियो ।
अमेरिका र बेलायतसहितका देशले युक्रेनलाई हतियार सहयोग गरेका छन् । तर, जर्मनीले भने युक्रेनको आग्रहलाई अस्वीकार गरेको छ ।
रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ। अमेरिकासहितका देशले यसलाई युक्रेनमाथि रुसी आक्रमणको तयारी भनेका छन् । तर, रुसले भने युक्रेनमाथि आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।
राजीनामा पछि के भन्नुभयो ?
शुनबेखले राजीनामापछि अझ थप क्षति हुन नदिन तत्काल आफ्नो भूमिकाबाट राजीनामा दिएको बताएका छन् । नयाँ दिल्लीमा जर्मन नौसेनाका प्रमुखले २०१४ मा रूसले कब्जा गरेको क्रिमियन प्रायद्वीपको कब्जाको बारेमा पनि बोलेका थिए। उनले भनेका थिए, ‘क्रिमिया गइसक्यो, अब फर्केर आउँदैन ।’
युक्रेनका विदेशमन्त्रीले शुन्बेखको भनाइ स्पष्ट रूपमा अस्वीकार्य भएको बताएका छन्। रुसको सम्भावित आक्रमणलाई मध्यनजर गर्दै अमेरिका र बेलायतलगायत धेरै देशले युक्रेनलाई हतियार आपूर्ति गरेका छन् । तर, जर्मनीले हतियार पठाउन युक्रेनको अनुरोधलाई अस्वीकार गरेको छ ।