
काठमाडौं उपत्यकामा पछिल्लाे २४ घण्टामा थप ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी ३ हजार ६३४ जनामा संक्रमण भएकाे छ ।
त्यस्तै, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।
पछिल्लो २४ घण्टामा देशभर गरी १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।