८ बैशाख २०८२, सोमबार

बिदा स्वीकृत नगराई ९० कार्यालय नजाने कर्मचारीको जागिर चट

karmachari Yg38OXEo7b

बिदा स्वीकृत नगराई ९० दिनसम्म पनि कार्यालय नगएको कसुरमा एक जना सरकारी कर्मचारीले जागिर गुमाउनु परेको छ ।

पोखरास्थित प्रदेश संग्रहालयमा कार्यरत खरिदार विशालाबाबु डुम्रेलाई पुरातत्व विभागले सरकारी सेवाबाट हटाएको हो ।

यद्यपि, उनलाई भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिनेगरी सेवाबाट हटाउने निर्णय भएको पुरातत्व विभागद्वारा आज जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

    सम्बन्धित समाचार...