
बागमती प्रदेशमा राष्ट्रिय सभाको मतदानस्थलमा लफडा भएको छ ।
प्रदेश सांसदले नै निर्वाचन अधिकृतको कठालो समाएपछि लफडा भएको हो।
गोप्य मतदान केन्द्रमा माओवादी सांसद हिमाली गोलेले फोटो खिच्दा लफडा भएको हो ।
फोटो खिच्दा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले सांसद गोलेको मोबाइल खोस्नुभएको थियो । । त्यही निहूँमा अर्का माओवादी सांसद राजकाजी श्रेष्ठले निर्वाचन अधिकृतको कठालो समातेपछि स्थिति तनावग्रस्त बनेको छ।