
राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ तर्फ कांग्रेस उम्मेदवार गोपाल कुमार बस्नेत विजयी भएका छन् ।
एमालेका उम्मेदवार गुरुप्रसाद बराल र बस्नेतकाको मत बराबरी भएपछि निर्वाचन आयोगले गोलाप्रथा गरेको थियो । गोला तान्दा बस्नेतलाई परेपछि उनलाई निर्वाचित घोषित गरिएको हो ।
पाँच दलीय गठबन्धनबाट उम्मेदवार बस्नेत र एक्लै भिडेका एमालेका बरालको मतभार ४४८८ बराबर थियो ।
बस्नेतले प्रदेशसभाका ५० सांसदहरुबाट २४०० मतभार पाएका थिए भने स्थानीय प्रतिनिधिहरूबाट ११६ जनाको २०८८ मत पाएका थिए ।
बरालले प्रदेशसभाबाट ३८ सांसदहरुबाट १८२४ मत पाएका थिए भने भने स्थानीय तहबाट १४८ जनाको २६६४ मत पाएका थिए । यहाँ पनि दुवैको कुल मत बराबर भएको थियो ।