
राष्ट्रिय जनमोर्चाबाट पहिलोपटक राष्ट्रियसभा सदस्य निर्वाचित भएको छ ।
राजमोका तुलबहादुर विश्वकर्मा लुम्बिनी प्रदेशबाट पहिलो पटक राष्ट्रिय सभामा सांसद निर्वाचित हुनुभएको हो । उहाँ लुम्बिनी प्रदेशको दलिततर्फको कोटामा सत्तारुढ गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो ।
उहाँले एमालेका उम्मेदवार कृष्ण सुनारलाई पराजित गर्दै राष्ट्रिसभामा विजयी बन्नुभएको हो । विश्वकर्माले ४ हजार ३५६ मत प्राप्त गरे । त्यस्तै सुनारले ३ हजार ३४८ मत ल्याउनुभएको थियो ।