
कोरोना भाइरसको कारण संयुक्त राज्य अमेरिकामा एकै दिन १,३२१ को निधन र ३२,२८४ नयाँ संक्रमित भेटिएका छन ।सबैभन्दा बढी मृत्यु न्यू-योर्कमा भएको छ, जहाँ ६८० जनाको मृत्यु भएको छ ।
त्यसैगरी फ्रान्स मा ११२० को निधन भएको छ । छिमेकी राष्ट्र भारत मा अहिले सम्मए २,५६७ संक्रमितमा ७२ जना को निधन भएको छ भने १९२ जना उपचार पछी घर फर्किएका छन् ।
नेपालमा पनि प्रवेश गरेको कोरोनाका कारण अहिलेसम्म कसैको पनि ज्यान गएको छैन । ६ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिने सबै विदेशबाट नेपाल आएका हुन् ।
संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरिरहेको छ ।