
पोखरामा जारी आहा ! रारा गोल्डकप फूटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल आज हुँदैछ ।
दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबले प्रतिस्पर्धा गर्न लागेका हुन् । आजको विजेताले शनिबार हुने फाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो सेमिफाइनलमा एपीएफले मच्छिन्द्र फूटबल क्लबलाई हराउँदै फाइनलमा स्थानमा पक्का गरिसकेको छ । पोखरा रंगशालामा खेल दिउँसो साढे दुई बजे शुरू हुनेछ ।