
गलैंचा र गाडीका पार्टपूर्जाहरु आयात गर्ने भनेर सञ्चालित कम्पनीलाई सरकारले चीनबाट औषधिजन्य उपकरण आयात गर्न स्वीकृति दिएको “ओम्नी इन्टरनेशनल” बालुवाटारबाट संरक्षणप्राप्त यती होल्डिङ्सजस्तै अर्को कम्पनी रहेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।
सरकारले विना प्रतिस्पर्धा “ओम्नी इन्टरनेशनललाई” स्वास्थ्य सामग्री खरीद गर्ने ठेक्का दिएको समाचारमा जनाइएको छ ।
ओम्नी इन्टरनेशनलले पाएको अहिले सम्मका कामहरु :
- १. विद्यालयमा कम्प्युटर ल्याब, एक अर्बका सामानमा साढे तीन अर्बको ठेक्का
- २. जनक शिक्षा सामग्रीको साढे ४७ करोडको कागज खरिद
- ३. प्रधानमन्त्री कार्यालयमा डिजिटल वाररुम, टेन्डर रोकेर सात करोडको ठेक्का कसले बनायो ? ओम्नीले
- ४. मन्त्रीलाई म्याकबुक, किन्ने ठेक्का पनि ओम्नीकै
- ५. मतदाता परिचयपत्र, पाँच रुपैयाँमा छाप्नुपर्ने मतदाता परिचयपत्र १३ रुपैयाँ
- ६. निर्वाचन आयोगमै २५ करोडको प्रिन्टर खरिद, त्यो पनि विनाप्रतिस्पर्धा