
साताको पहिलो दिन आइतबारदेखि लगातार घटेको सेयर बजार बिहीबार बढेको छ । बिहीबार नेप्से परिसूचक ३.३३ अङ्कले बढेर २७७९.९८ विन्दुमा पुगेको छ ।
दिनभरमा २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ सेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ३४ भन्दा बढीको कारोबार भएको छ ।
कारोबार भएका कुल कम्पनीमध्ये ९० कम्पनीहरूको मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्य घटेको छ ।