
फाइल फोटो
नेपाल कम्युनिष्ट पार्टीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
पार्टीको विधान विपरीत दलको अहित हुने काम गरेको भन्दै अध्यक्ष कट्टेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरीएको नेकपाले जनाएको छ ।
पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको आरोप लागेपछि माघ ५ मा छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिको ७ माघमा सोधेको स्पष्टीकरणको जवाफ नदिएकाले कट्टेललाई पार्टीबाट निष्कासन गरिएको पार्टीका कार्यवाहक अध्यक्ष लोकनारायण सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपा कट्टेल नेतृत्वको नेकपासँग नाम जुधेको भन्दै सर्वाेच्च अदालतले गत फागुन २३ गते दुई पार्टीबीचको एकता बदर गरिदिएको थियो ।
