
फाइल फोटो
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो ।
उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।
तीन नेताबीचको भेटमा संसद्को गतिरोध अन्त्य, एमसीसी, स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको प्रेस संयोजक परियारले बताउनुभयो ।