
कोरोनाको कारण अमेरिकाम पछिलो २४ घन्टा मा १,३३१ जनाले ज्यान गुमाएका छन भने अहिले सम्म ८,४५२ को मृत्यु भइसकेको छ । त्यस्तै संक्रमित संख्या ३४,१९६ ले बढेर ३११,३५७ पुगेको छ ।
न्यू-योर्क मात्रै को संक्रमित संख्याले ईटाली को कुल संक्रमित संख्याजतिनै पुग्न लागी सकेको छ । अहिले सम्म ईटाली को संक्रमित संख्या १२४,६३२ पुगेको छ भने न्यू-योर्क को ११४,७७५ पुगिसकेको छ ।
पछिल्लो २४ घण्टामा न्यू-योर्कमा मात्रै ११,२९९ नयाँ संक्रमित देखपरेका छन जुन अमेरिकाको कुल संक्रमित संख्याको एक तिहाई हुन आउँछ । यसै बिच न्यू-योएक गभर्नर एन्ड्र्यू कुओमोले संक्रमण चारदेखि १४ दिन बीचमा अझै बढ्न सक्ने बताए ।
उनले चिनलाई शनिबार आइपुग्ने १००० भेन्टिलेटर को लागी धन्यवाद दिए, त्यस्तै ओरेगन राज्यले थप १४० भेन्टिलेटर पठाउने बताए ।
कोरोनाभाइरस ब्रीफिंगमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गभर्नर कुओमोलाई न्यूयोर्कलाई चाहिने श्रोतहरू प्राप्त हुने आश्वासन दिएका छन । यद्यपि राष्ट्रपति ट्रम्पले अब संघीय सहयोग सबैभन्दा बढी प्रभावित क्षेत्रहरुमा केन्द्रित हुने जोड दिँदै भने: “दुर्भाग्यवश धेरै मृत्यु हुनेछ।”