
वेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन उल्लंघन गरेको विषयमा संसदमा माफी मागेका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा भएको भोजको विषयमा उनले माफी माग्नु परेको हो ।
प्रधानमन्त्री निवासमा भएको भोजसहितको जमघटबारे छानबिन प्रतिवेदन संसदमा पेश भएपछि प्रधानमन्त्री जोनसनले आरोप स्वीकार गर्दै आफ्नो तर्फबाट गल्ती भएको भन्दै माफी मागेका थिए।
तर‚ विपक्षी लेबर पार्टीले भने प्रधानमन्त्री जोनसनको राजीनामा माग गरेको छ। विपक्षीले राजीनामा माग गरेपछि जोनसनले सरकार सञ्चालनको तौरतरिकाबारे आफूले सोचिरहेको र त्यसअनुसार अघि बढ्न चाहेको बताएका थिए।
विपक्षीले केबल माफी माग्नु नै समस्याको समाधान नभएको भन्दै उनले गल्तीहरुबाट पनि पाठ सिकेर अघि बढ्ने उल्लेख गरेका छन। तर‚ विपक्षी दलले भने प्रधानमन्त्रीलाई लाज पचेको व्यक्ति भन्दै राजीनामा दिनका लागि दबाब दिएको छ ।
यसअघि पनि राजीनामा मागेका लेबर पार्टीका नेता कीर स्टार्मरले लकडाउन उल्लंघनको चर्चापछि जोनसन लाज नभएको व्यक्ति भन्दै उनको राजीनामा माग गरेको बिबिसीले जनाएको छ ।