
नेपाली राष्ट्रिय फुटबल टिमले आज अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससविरुद्ध दोस्रो खेल खेल्न लागेको हो । नेपाल र मरिससबीचको खेल आज अपरान्ह ४:४५ बजे सुरु हुनेछ।
घरेलु टोली नेपाल मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
त्यस्तै, मरिसस पनि दोस्रो खेलमा जित निकाल्न चाहन्छ । नेपाललाई हराएर मरिसस पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
मरिससविरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् ।
प्रशिक्षक अब्दुल्लाहले यसअघि घोषणा गरेको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् ।
किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको टिममा मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ ।
यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १ शुन्य गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए ।
नेपाली टोलीः
किरण लिम्बु, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्ति मगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ, सन्तोष तामाङ ।