
कञ्चनपुरका तीन पालिकाहरूमा दुई महिना दिउँसोको समयमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण ठाउँमा २ महिना विद्युत् अवरुद्ध हुने भएको हो । माघ १८ गतेदेखि २ महिनासम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।
झलारी–बेलौरी ३३ केभी लाइन पुरानो र जीर्ण हुँदै गएकाले सेवाग्राहीलाई गुणस्तरीय, भरपर्दो सेवा प्रवाहको सुनिश्चितताका लागि विद्युत् लाइन अपग्रेड गर्न विद्युत् अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।
ग्राहकको सङ्ख्या उल्लेख रुपमा बढ्दा लोड समेत बढेकाले लाइन अपग्रेड गर्न लागेको केन्द्रले जनाएको छ ।
झलारी–बेलौरी ३३ केभी लाइन अन्तर्गत लाल झाडी गाउँपालिकाका साथै बेलौरी र पुर्नवास नगरपालिका पर्छन् । दुई वटै नगरपालिकाका सम्पूर्ण वडा र लाल झाडी गाउँपालिकाको वडा नम्बर १ र २ मा विद्युत् अवरुद्ध हुने भएको छ ।