
फाइल फोटो
नेपाली कांग्रेसका नेता सुजाता कोइरालालाई मन्त्री बनाउने तयारी भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेता कोइरालालाई उद्योग, वाणिज्य तथा आपूर्ति वा रक्षा मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको कांग्रेस उच्च स्रोतले जानकारी दिएको छ ।
सम्भवतः कोइरालालाई रक्षा मन्त्रालयको जिम्मेवारी दिने सम्भावना छ । उद्योगमन्त्री कसलाई बनाउने भन्नेबारेमा भने टुंगो लागिसकेको छैन ।
शक्ति सन्तुलन मिलाउनका लागि पनि कोइरालालाई मन्त्री बनाउन लागिएको हो ।