
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पत्रकार कमल राईको निधन भएको छ । प्रभाव दैनिकका सम्पादकसमेत रहनुभएका राईको मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
बिहीबार विहान स्वास्थ्यमा केही समस्या देखिएपछि उहाँलाई शुरुमा शिक्षण अस्पताल महाराजगञ्ज र पछि नेपाल-भारत मैत्री अस्पतालमा लगिएको थियो । ४५ वर्षीय राई लामो समयदेखि काठमाडौंमा बसेर पत्रकारिता गर्दै आउनुभएको थियो ।
ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका निवासी सम्पादक राई तत्कालीन साप्ताहिक आवाज साप्ताहिकबाट पत्रकारिता सुरु गरेका हुन् । राईले २०६४ सालदेखि आफ्नै खासखबर साप्ताहिक नियमित प्रकाशन र प्रभाव दैनिकका सम्पादन नियमित गर्दै आउनुभएको थियो। उहाँको एक श्रीमति हुनुहुन्छ ।
उहाँको निधनप्रति नेपाल घटना टीमबाट श्रद्वान्जली व्यक्त गर्दछौं । शोक सन्तप्त परिवारप्रति धैर्यधारणा गर्ने शक्ति मिलोस् ।