
कालीमाटी संगसँगै बल्खुको फलफूल तथा तरकारी बजारमा पनि भीड बढेपछि काठमाडौं महानगरपालिकाले ११ स्थानमा वैकल्पिक तरकारी बजार स्थापना गर्ने भएको छ ।
महानगरले कलंकी चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गगंबु चोक, बसुन्धरा चोक, गोपिकृष्ण हल चोक, तीनकुने चोक लैनचौर, रत्नपार्क र कोटेश्वरचोकमा लकडाउन अवधिभरि वैकल्पिक तरकारी बजार सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमण सुरक्षा तयारी अपनाएर मात्रै तरकारी बिक्री वितरण गर्न उक्त स्थान उपलब्ध गराउने निर्णय गरेको हो ।
सकेसम्म बुधबारबाट त्यस्ता पसल सञ्चालनमा आउने महानगरकाे विश्वास छ ।
त्यसैगरी, बैठकले भारतबाट तरकारी तथा फलफूल नेपाल भित्रिँदा जोखिम बढ्ने भन्दै भारतबाट भित्रिने तरकारी तथा फलफूल आयातमा पूर्ण रूपमा रोक लगाउन माथिल्लो निकायमा अनुरोध गर्ने निर्णय गरेको थियो।