
मधेश प्रदेशमा गएरातिदेखि शुरू भएको हावाहुरीमा परेर तीन जनाको निधन भएको छ ।
हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर भत्किँदा रौतहटमा एक जनाको निधन भएको हो ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीया अरबन्दी सदाको निधन भएको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिनुभयो । ।
त्यसैगरी रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर १ स्थित इँटाको घर भत्किँदा ४५ वर्षीया फुलमतीया देवीको निधन भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।