
फाइल फोटो
परराष्ट्रमन्त्री डा.नारायण खड्काले सबैको सहमतिमा एमसीसीलाई अघि बढाउने बताएका छन् ।
शुक्रबार उदयपुरमा कांग्रेस चौदण्डीगढी नगर कमिटले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा मन्त्री खड्काले विभिन्न बहानामा एमसीसीका बारेमा जनतामा भ्रम छर्न खोजिएका भन्दै सबैको सहमतिमा नै यसलाई अघि बढाउने बताएका हुन् ।
उनले एमसिसी गरिबी न्यूनिकरणका लागि अमेरिकाले दिएको एउटा परियोजना मात्र रहेको जिकिर गरे । एमसिसी परियोजना नेपालमा लागु भए नेपालमा विधुत् उत्पादन अत्याधिक हुने र उक्त विधुत् बिक्री गरेर नेपाल आत्मनिर्भर हुन सक्ने उनले बताए ।
कार्यक्रममा विभिन्न दल परित्याग गरेको कार्यकर्तालाई कांग्रेस प्रवेश गराइएको थियो ।