
कर्णाली प्रदेशमा तीन महिनापछि भोलि (आइतवार) मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
कातिक १६ मा सपथग्रहण गर्नुभएका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।
विस्तारित मन्त्रिपरिषदमा माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादी जुम्लाका पदम रोकाया, नेपाली कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्न लाग्नुभएकाे बताइएकाे छ।