
नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट नियुक्त गभर्नरले प्रधानन्यायाधीशबाट सपथ लिने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले सपथ लिन लागेका हुन् ।
सपथ अहिले बिहान ११ बजेका लागि तय गरिएको छ । सपथपछि अधिकारीले आजै गभर्नरको जिम्मेवारी सम्हाल्ने छन् ।