
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताएका छन्।
मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ु९ जनामा संक्रमित देखिए पनि हामी उच्च जोखिममा छौं। सावधानी अपनाएनौं भने भयावह स्थिति हुनसक्छ।ु
ओलीले लकडाउनले महामारी फैलिन नदिने अभियानमा ठूलो सहयोग पुगेको बताउँदै लकडाउनको असुविधाप्रति आफू सम्वेदनशील रहेको स्पष्ट पारे।
ुजेलमा बसेको एकान्तवास बिताएको मैले सहजै लकडाउनबाट सिर्जित समस्या अनुभूति गर्छु,ु उनले भने। लकडाउनमा साथ दिएकोमा उनले जनतालाई धन्यवाद दिए।
मित्रराष्ट्रको सद्भाव र अनुसन्धानमुलक संस्थाले हामीले चालेका कदम प्रभावकारी भन्दा कोरोनाको संक्रमणविरुद्धको लडाईमा बल मिलेको ओलीको भनाई छ। नेपाल महामारीको दोस्रो चरणमा प्रवेश गरेको बताउँदै ओलीले यस बेला स्थानीय तहका जनप्रतिनिधिको भूमिका पनि महत्वपूर्ण रहेको उल्लेख गरे।